www.tandavnews.com
Fact ~ In search of truth

‘ढुक्क हुनुस् ! रत्न मन्दिर र हिमागृह वैशाख ३० भित्र खुला हुन्छ’ : मन्त्री आले

पोखरा
ताण्डव न्यूज ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पोखराका दुई सम्पदा रत्नमन्दिर र हिमागृह आगामी वैशाख ३० गतेभित्र सर्वसाधारणका लागि समेत खुला गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरामा बुधबारबाट सुरु भएको सत्रौँ संस्करणको फेवा नव वर्ष महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले सम्पदा खुला गराउने आवश्यक सबै तयारी पूरा भईसकेको दावी गरे ।

“२०७९ वैशाख ३० गतेभित्र हामी यो रत्नमन्दिर र हिमागृह सञ्चालनमा ल्याउनेछौँ”, मन्त्री आलेले भने “यहाँ भएका भौतिक पूर्वाधार निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बजेटको व्यवस्था गर्नेछ भन्ने कुरामा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।”

Batas

गणतन्त्र घोषणापछि नारायणहिटी दरवार लगायत तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्य तथा उनका परिवारको सम्पत्ति नेपाल ट्रष्टको मातहतमा ल्याएर नारायणहिटी लगायतका दरबारहरु खुला गरिदासमेत पोखराका यी दुई दरवार भने लामो सयमदेखी बन्द रहदै आएका छन् । पर्यटन व्यवसायीले यी दुबै सम्पदा खुलाउन पटक पटक माग गर्दै आएका छन् ।

मन्त्री आलेले पोखरामा ठूला ठूला होटलहरु समेत सञ्चालनमा आउनुपर्नेमा जोड दिए । साथै पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गरिने उनले बताए ।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा सुरु भएको दुई दिने महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव संचालन गरिएको आयोजकले जनाएको छ । स्थानीय फिस्टेल गेटदेखि हल्लनचोक विचको तीन किलोमिटर लामो सडकमा यो महोत्सव गरिएको हो ।

आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार दुई बर्ष स्थगित महोत्सवालाई पुनः निरन्तरता दिन लागिएको हो ।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ बर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.