www.tandavnews.com
Fact ~ In search of truth

‘लेख्छ देशको खबर’ नारा सहित ‘सुनगाभा न्यूज’ सञ्चालनमा

पोखरा ।

भिजन गण्डकी नेटवर्क प्रालिले शनिबार देखि सुनगाभा न्यूज डट कम सञ्चालनमा ल्याएको छ । ‘लेख्छ देशको खबर’ नारा सहित शनिबार देखि आधिकारिक रुपमा न्यूज पोर्टल साइट सुनगाभा न्यूज डट कम सञ्चालनमा ल्याएको हो ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी तथा वरिष्ठ पत्रकार नारायण कार्कीले पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित पोखरामलमा रहेको कार्यालय सँयुक्त रुपमा उद्घाटन गरे ।

Batas

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेकी भण्डारीले सफलताको शुभकामना व्यक्त गरिन् । उनले पछिल्लो समय पीत पत्रकारिता मौलाइरहेको उल्लेख गर्दै गुणस्तरीय र मर्यादित पत्रकारिता गर्न आग्रह गरिन् । अध्यक्ष भण्डारीले पोखराको पत्रकारीताको मात्रै नभइ केन्द्रको पत्रकारिताको समेत उदहरण बन्नुपर्नेमा जोड दिएकी थिईन् ।

यसैगरी वरिष्ठ पत्रकार नारायण कार्कीले पत्रकारिताको क्षेत्र फराकिलो रहेको बताउदै समाजलाई निष्पक्ष सुचना प्रवाह गर्न सुझाव दिए । उनले पत्रकारिता निश्चित क्षेत्र नरहेको बताउदै खोज पत्रकारिताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । पत्रकार कार्कीले पत्रकारिताको मर्म र धर्मलाई आत्मसाथ गर्दै लक्षित समुहलाई तथ्य, सत्य र निष्पक्ष सुचना संप्रेषण गर्नुपर्ने धारणा राखेका थिए ।

भिजन गण्डकी नेटवर्क प्रालिका अध्यक्ष किसान सुनारले मल्टिमिडियाको अवधारणा अनुसार पहिलो चरणमा न्यूज पोर्टल साइट ‘सुनगाभा न्यूज’ सञ्चालनमा ल्याईएको जानकारी दिए । उनले परिवर्तित समयलाई मध्यनजर गर्दै आगामी दिनमा अनलाईन टिभी तथा मल्टिमिडियासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा समेत लगानी गर्ने बताए ।

नव वर्ष २०७९ को आगमनसँगै सञ्चालनमा आएको सुनगाभाले स्कुपसँगै आवाज बिहिनको आवाजलाई उनीहरुकै प्रश्न सम्बन्धित व्यक्ति वा निकायलाई सिधै राख्न मिल्नेगरी ‘प्रश्नै–प्रश्न’ कार्यक्रम समावेश गरेको छ । यसैगरी समाज, कला, खेलकुद, बजार, राजनीति, विचार र कुराकानीलाई स्थान दिएको छ । उक्त न्यूज साइटको सम्पादकमा दीपक.के. श्रेष्ठ रहेका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.