www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा गठबन्धनको घोषणा : ‘उच्च व्याण्डवीथ सहितको फ्रि वाइफाइ’ सञ्चालन गर्छौं

पोखरा।
पोखरा महानगरपालिकामा ५ दलीय गठबन्धनका साझा उम्मेदवारले सार्वजनिक स्थलहरुमा उच्च व्याण्डवीथ सहितको फ्रि वाइफाइ सञ्चालन गर्ने घोषणा गरेका छन् ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले चुनावी घोषणापत्रमा महात्वपूर्ण सार्वजनिक स्थलहरुमा फ्रि वाइफाइ व्यवस्था गर्ने जनाएका हुन् । यस्तै पोखरालाई सूचना प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान र व्यावसायिक केन्द्र (साइबर सिटी) का रुपमा विकास गर्ने उनीहरुको योजना छ ।

महानगरभित्र ईन्टरनेट सेवा प्रदायकहरुसँग समन्वय गरि हाईस्पीड ईन्टरनेट सेवा प्रदान गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ । महानगरको पहलमा विजनेस ईन्क्युवेशन ल्याव खोल्ने योजना छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.