
पोखरा ।
माछापुच्छ्रे गाउँपालिकाको नेतृत्वका लागि नेपाली काँग्रेसका उम्मेदवारहरुले संकल्प पत्र प्रस्तुत गरेका छन् । ‘सवल समुन्नत, सुशासन सहितको स्थानीय सरकार, कृषि र पर्यटन माछापुच्छ्रे गाउँपालिकाको मूल आधार’ उल्लेखित नारासहित संकल्प पत्र तयार गरिएको हो ।
स्थानीय आवश्यकता, उपलब्ध स्रोत र साधनको समुचित सदुपयोगसँगै गाउँपालिकाबासीहरुको आर्थिक समृद्धि, सामाजिक सुधार, पूर्वाधार विकास,सुशासन प्रत्याभुत हुने गरि योजना तयार गरिएको अध्यक्ष पदका उम्मेदवार मिन बहादुर गुरुङले बताए ।

उपाध्यक्ष पदकी उम्मेदवार सिता अधिकारीले शिक्षा, स्वास्थ्य, सडक तथा यातायात, कृषि क्षेत्र, खानेपानी तथा सरसफाई, उद्योगधन्दा, पर्यटन लगायतका विविध क्षेत्रहरुमा गरिने विकासबारे खाका तयार गरेरै अघि बढेको बताइन् ।
यि हुन् माछापुच्छ्रे काँग्रेसका संकल्पहरुः
शिक्षाः
गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई अग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्न आवश्यकता अनुसार शिक्षक दरबन्दि कायम गरी युगानुकुल यवसायीक र प्राविधिक शिक्षा प्रदान गरी दक्षजनशक्ति उत्पादनमा जोड दिईने छ ।
गुणस्तरीय शिक्षाका लागि पोखरा तथा काठमाण्डौंका क्याम्पसहरुमा धाउनु पर्ने वाध्यतालाई ध्यानमा राख्दै स्थानीय तहमा नै सञ्चालित बराह प्राविधिक शिक्षालयलाई समयानुकुल रुपममा स्तरोन्नती गदै गौरीशंकर मनिलाल मा.वि. सैतिखोला, पृथ्वीनारायण मा.वि धम्पुस, निष्पक्ष मा.वि. हुम्दी, महेन्द्र मा.वि. लाहाचोक, शुक्लागण्डकी मा.वि. घाचोक र माछापुच्छ्रे मा.वि. सार्दीखोलामा प्राविधिक विषयहरु सञ्चालन गरिनेछ ।
माछापुच्छ्रे गाँउपालिका भित्रका १० कक्षा सम्म सञ्चालनमा रहेका स्वीकृत दरवन्दी प्राप्त नभएका विद्यालयहरुलाई स्वीकृत दरवन्दी सहित माध्यामिक विद्यालयका रुपमा रुपान्तरण गरी प्रत्येक वडाहरुमा माध्यामिक तह सम्म पूर्ण निशुल्क र गुणस्तरीय शिक्षा सर्वसुलभ गरिनेछ ।
गाँउपालिका भित्रका वडाहरुमा स्थापना भएका वालविकास केन्द्रहरुलाई व्यवस्थित गरिनेछ ।
भौगोलिक विकटता रहेका वडाहरुमा सामुदायिक आवासीय विद्यालयहरु निर्माण गरिनेछ साथै अतिविपन्न बालबालिकाहरुको लत्ताकपडा र खानपानको सम्पूर्ण खर्च स्थानीय सरकारले वेहोर्ने व्यवस्था मिलाईनेछ ।
एक विद्यालय, एक पुस्तकालयको कार्यक्रमलाई समयानुकुल अत्याधुनिक प्रविधि मार्फत ई– पुस्तकालयको रुपमा स्थापित गरिनेछ । शिक्षाको अन्तराष्ट्रिय मूल्य र मान्यतालाई मध्यनजर राख्दै गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षक रुपान्तरणको योजना ल्याईनेछ ।
यस गाँउपालिका भित्रका सरकारी विद्यालयहरुबाट प्रत्येक बर्ष एइई मा उत्कृष्ट अंक ल्याएका गरिव तथा जेहन्दार एक छात्र, एक छात्रालाई मेडिकल एजुकेसन कमिसन र स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरी एमबीबीएस अध्ययन निशुल्क गर्ने व्यवस्था गरिनेछ ।
निजी क्षेत्रले शिक्षाको गुणस्तरमा पु¥याएको लगानीको उच्च सम्मान गर्दै शिक्षामा गरिएको निजी लगानीलाई पुर्ण सुरक्षाको प्रत्याभूती गराउँदै गरिव तथा विपन्न छात्रवृत्तिको व्यवस्था अनिवार्य गराउने निति लिईनेछ ।
माछापुच्छ्रे गाँउपालिका भित्रका सबै वडाहरुलाई पायक पर्ने गरी एक बहुमुखी क्याम्पसको स्थापना गरीनेछ ।
गाँउपालिका अन्तर्गतको सार्वजनिक विकास खर्चको अधिकतम हिस्सा शिक्षा र स्वास्थ्यमा लगानि गर्ने निति निर्माण गरिनेछ ।
स्वास्थ्यः
माछापुच्छ्रे गाँउपालिका भित्रका सम्पूर्ण स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरका साथै बेसिक इमर्जेन्सी अब्स्टेट्रीक केयर को व्यवस्था गरि २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा विस्तार गरिनेछ ।
माछापुच्छ्रे गाँउपालिका भित्रका सम्पूर्ण स्वास्थ्य चौकीमा मेडिकल अफिसर, नर्स, ल्याव टेक्निसियनको व्यवस्था गरी समय समयमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । साथै मधुमेह रोगको रक्त परिक्षण सम्पूर्ण स्वास्थ्य संस्थाबाट निशुल्क गर्ने व्यवस्था मिलाईने छ ।
पालिका भित्रका अति विपन्न परिवारलाई स्वास्थ्य बिमा निशुल्क गरिने छ ।
सञ्चालनमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउन स्तरोन्नती गरिनेछ ।
नेपाल सरकारको एक पालिका एक अस्पतालको अवधारणालाई मध्य नजर गर्दै पायक पर्ने ठाउँमा विशेषज्ञ सेवा सहितको सुबिधा सम्पन्न अस्पताल एक वर्ष भित्र सञ्चालनमा ल्याईने छ ।
राज्यबाट निशुल्क उपचारको व्यवस्था भएको बाथ रोग, मुटु रोग, क्यान्सर, मृगौला प्रत्यारोपणलाई थप सहज बनाउदै भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्र र पालिका अस्पतालमा निशुल्क डायलोसिस सेवा बिस्तार गर्ने निति लिईने छ ।
सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारमा बिषेश जोड दिईने छ साथै पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाउदै पालिका स्तरीय पोषण पुर्नस्थापन तथा उपचार केन्द्रको स्थापना गरिने छ ।
महिलाहरुमा हुने पाठेघरको, पाठेघरको मुखको र स्तन क्यान्सरको परिक्षण र उपचार निशुल्क गर्ने व्यवस्था मिलाईने छ ।
गाउँपालिका भित्रका सम्पूण माध्मिक तहका विद्यालयहरुमा स्वास्थ्य परीक्षण, विद्यार्थीको ज्भबतिज एचयाष्भि निमाणर््ाका साथै आधारभुत उपचारका लागी स्थायी रुपमा नर्सिङ सेवा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ।
संक्रामक सरुवा तथा नसर्ने रोगबाट संक्रमित व्यक्तीहरुका लागी प्रत्येक स्वास्थ्य संस्थामा छुट्टै परामर्श कक्षको व्यवस्था गरिने छ ।
सरुवा तथा नसर्ने रोगको खोजपताल, योजना तर्जुमा, रोकथाम र न्युनिकरणका लागी गाउँपालिकाको स्वास्थ्य शाखामा जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिनेछ ।
गाउँपालिका भित्रका सम्पूर्ण नागरिकहरुलाई सर्वसुलव उपचारका लागी मणिपाल टिचिङ अस्पताल र गण्डकी मेडिकल कलेज संग सम्झौता गरी उपचारमा ५० % सहुलियत हुने व्यवस्था मिलाईने छ ।
गाउँपालिकामा क्षेत्र भित्रका ६० वर्ष माथिका वृद्ध वृद्धाको स्वास्थ्य उपचारका लागि निशुल्क व्यवस्था गरिनेछ ।
गैर सरकारी सेवा प्रदायक शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुसंग समन्वय र सहकार्य गरी कम्तिमा १०/१० वटा स्वास्थ्य र शिक्षाका पाइलट कार्यक्रहरु संचालन गरिने छ ।
सडक तथा यातायतः
मेलबोट, अस्ताम, धिताल, धम्पुस, खानीगाउँ, ल्वाङघलेल, सिदिङ, संैतिघट्टा, हुम्दी, लाहाचोक, घाचोक, तातो पानी भुर्जुङखोला, रातोपानी, पोल हुंदै भिरकटेरा जोड्ने गरी रिङ रोड निमार्णमा विशेष प्राथमिकता दिइने छ।
पालिका केन्द्र देखि हरेक वडा जोड्ने कच्ची सडकलाई मापदण्ड अनुरुप कालो पत्रे गरी स्तरउन्नती गरिने छ ।
उपल्लो तातोपानी सम्म सडक निमार्ण गरी पर्यटन प्रवद्धनका लागी विशेष जोड दिईने छ ।
पुरुन्चौर र लाहाचोक जोडने सेती र मर्दी खोलाको दोबिल्लामा मोटरेबल पुल साथै लाहाचोक र रिभान, धिताल ल्वाङ घलेल र धम्पुसलाई सिधा यातायात संचालनका निम्ती पातिखोलाको खहरेखोला र मर्दीखोलामा मोटरेबल पुल निमार्ण गरिने छ ।
माछापुच्छ्रे सडकखण्ड लामाचौर, भराभरी, काभ्रेसम्मको मूल सडकलाई स्तरोन्नती गरिनेछ ।
सबै वडाबाट केन्द्रमा सहज आवतजावतका लागी स्थानिय बस सेवा संचालन गर्न, निजि क्षेत्रलाई प्रत्साहन गरिने छ ।
कृषि क्षेत्रः
कृषिमा आधुनिकिकरण र चक्लाबन्दी अवधारणालाई कार्यन्वयनमा ल्याइनेछ।
खाद्यान्न फलफुल तथा नगदेबाली उत्पादन वृद्धिका निम्ति प्रत्येक वडामा पकेट एरिया गठन गर्दै कृषकहरुलाई प्रोत्साहन गरिने छ।
कृषियोग्य जमिनमा सिचाईको साना तथा ठूला योजनाहरु ल्याइने छ ।
बढ्दो बाझो जमिनको सदुपयोग गर्न कृषकहरुलाई बहुवर्षिय बालीहरु अलैची, अमृसो, कुरीलो र चिया खेती तर्फ आर्कषण गरिने छ ।
अर्गानिक खेती प्रणलीलाई विशेष महत्वका साथ अगाडी बढाइने छ ।
कृषि उत्पादनको बजारीकरणका निम्ति वडा स्तरीय संकलन तथा खरिद बिक्रि केन्द्र स्थापना गरी बजारीकरणको व्यवस्था मिलाइने छ ।
सालिन्दा सफल कृषक तथा व्यवसायीलाइ बर्गीकृत गरी परिचय पत्र उपलब्ध गराई पुरस्कृत गरी विशेष राहतको कार्यक्रम ल्याइने छ ।
दुग्ध उत्पादक व्यवसायीलाई प्रोत्साहन स्वरुप प्रतिलिटर रु १.५० का दरले अनुदान दिने व्यवस्था मिलाइने छ ।
दुग्ध व्यवसायलाई औधोगीकिकरण गरी सहज बजार व्यवस्थापनको नीति लिईने छ ।
कृषि तथा भेटेरीनरी सेवा सर्वसुलवभ बनाईने छ ।
बेमौसमी तरकारी खेतीको उत्पादनमा प्रोत्साहन गर्न टनेल तथा ग्रीन हाउस निमार्णमा विशेष प्राथमिकता दिइने छ ।

पालिका भित्र सामुदायिक कृषि सेवा केन्द्रको स्थापना गरी प्रत्येक वडामा कृषि सेवाकेन्द्र मार्फत कृषि सामाग्रीको सहज आपूर्तीका लागी निजि तथा सरकारी क्षेत्रको सहकार्यमा सुपथ कृषि सामाग्री पसलहरुको स्थापना गरिने छ ।
पालिकाका सबै वडाहरुलाई समेट्ने गरी दुई स्थानमा शीत भण्डार निमार्ण गरिने छ ।
कृषिबाली एवम पशुधन बिमा कार्यलाइ प्रभावकारी ढंङगबाट अगाडी बढाई बिमाले संरक्षित नगरेका कृषिबाली तथा पशुधनमा हुने क्षेतिलाई राहत दिन पालिकामा कृषि राहतकोषको स्थापना गरिने छ।
गरिब, दलित, महिला, अपाङ्ग र पिछडिएका वर्गको पहिचान गरी व्यवसाय संचालनका लागी सहुलियत क्रृण र अनुदानको व्यवस्था गर्ने निति लिइने छ।
खानेपानी तथा सरसफाईः
हरेक वडामा एक घर एक धारा अवधारणाको ल्याइनेछ । साथै खानेपानीको स्रोतको पहिचान गरी शुद्ध पानीको स्रोतलाई प्रयोगमा ल्याईने छ ।
वडा भित्र स–साना खानेपानी योजना र बिस्तारित लाईनलाई व्यवस्थित, सुरक्षित र एकीकृत गरीने छ ।
बढ्दो जनधनत्वलाई मध्य नजर गर्दै वडा भित्र ढल नकासको व्यवस्था गरिने छ ।
प्रत्येक वडाहरुमा सरसफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालनार्थ एक तलबी सरसफाई स्वयम सेवकको व्यवस्था गरिने छ ।
प्रत्येक वडाका प्रत्येक टोलमा कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै व्यवस्थापन गरीने छ ।
प्रत्येक वडामा फोहोरमैला व्यवस्थापनका लागी आवश्यकतानुसार डम्पिङ साईडको निर्माण गरिने छ ।
उद्योगधन्दाः
पालिका भित्र उपलब्ध विविध खनिज, कृषिजन्य, बन पैदावर तथा जडीबुटिजन्य उधोगहरुको स्थापनाका लागी निजि तथा गैरसरकारी क्ष्ोत्रलाई प्रोत्साहित गर्ने नीति लिईने छ साथै जडिबुटि संकलन तथा प्रसोधन केन्द्रको स्थापना गरिने छ।
घरेलु हस्तकला उधोग गर्ने व्यवसायीलाई विशेष अनुदानको व्यवस्था गरीने छ ।
विदेशबाट फर्केका र बेरोजगार युवाहरुलाई लक्षित गरी प्राविधिक तालिमहरु संचालनमा ल्याई युवा उधमशिलताका लागी २५ देखि ५० वर्षसम्मका व्यक्तिहरुलाई लक्षित गरी २५ ∞ स्वयम लगानी, २५ ∞ अनुदान र ५० ∞ सहुलियत पूर्ण क्रृण साहायता उपलब्ध गराउने नीति लिइने छ।
एक दलित समुदाय एक उधमशिल व्यवसाय विशेष कार्यक्रमको तय गरीने छ ।
महिला सशक्तिकरणका लागी प्राविधीक तथा व्यवसायीक तालिम संचालन गरी आत्मनिर्भर बनाउने नीति ल्याइने छ ।
पर्यटनः
पालिकालाई राष्ट्रकै एक नमुना पर्यटकीय गन्तव्य स्थलको रुपमा बिकास गर्ने नीती तथा कार्यक्रमलाई अगाडी बढाइने छ ।
पालिका भित्र रहेको मर्दि हिमाल पद यात्रामार्गलाई व्यवस्थीत गराई जनताले गरेको लगानीलाई संमक्षण गर्दै स्थानिय सरकारका साथै अन्य सरोकारवाला निकायमा दर्ता गर्न अभिप्रेरित गराई अभिभावकत्व गर्ने निति ल्याईने छ।
माछापुच्छ्रे नमुना पैदल मार्गलाई दिगो रुपमा बिकास र व्यवस्थापन गरी स्थानिय बेरोजगार युवाहरुलाई पर्यटन व्यवसाय मार्फत स्वरोजगार सृजना गरिने छ ।
पालिका अन्र्तगत पर्ने नामसुङ तारा हिलटप पद यात्रामार्गको प्रचार प्रसार, भौतिक बिकास र प्रवद्धन गरी स्थानियको आर्थिक सुचांक वृदि गर्न युवा स्वरोजगार सृजना गर्ने निती ल्याइने छ ।
मेलबोट, अस्ताम, हेम्जाकोट, धम्पुस हुँदै मर्दी हिमाल पर्यटन पदमार्गको विस्तार एवं स्तरोन्नती गरिनेछ ।
पर्यटकहरुको बसाई लम्बाउन गा.पा भित्र रहेका मर्दि हिमाल पद यात्रालाई माछापुच्छ्रे नमुना पद यात्रा मार्गसंग र नामसुङ तारा हिलटप पद यात्रा संग वातावरणमैत्री तबरले जोडेर बिकास गरिने छ ।
भूर्जुङखोला, खदर्जुङ, घलेखर्क, तरा हिलटप हुँदै सिक्लेस जाने पर्यटकीय पैदल मार्गलाई व्यवस्थीत बनाई आन्तरिक तथा बाह्य पर्यटकलाई प्रर्वद्धन गरिनेछ ।
गा.पा भित्र रहेका एतिहासीक धार्मिक स्थलहरु पुजे नियम बराह, तिनसिर क्षेत्र, तारेबराह, बानेटाकुर शिव मन्दिर, देउराली मन्दिर, पातीखोला गुफा लगायतका स्थानलाइ संरक्षण र संर्वद्धन गरी धार्मिक पर्यटन प्रवद्धनका लागी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी धार्मिक गन्तव्य स्थलको रुपमा बिकास गरिने छ ।
विभिन्न जातजातिको संस्कृति संरक्षणका निम्ति सांस्कृतिक म्यूजियमको स्थापना गरिने छ। धम्पुस, धिताल, ल्वाङ घलेल, कोलेली, रिभान, लाहाचोक,घाचोक, धिप्राङ, मिर्सा, करुवा, घलेखर्क र सार्दीखोलामा संचालित होमस्टेलाई संरक्षर्ण गर्दै बिशेष राहतका कार्यक्रहरु ल्याईने छ ।
धम्पुस, ल्वाङ घलेल, रिभान, घाचोक, माछापुच्छ्रे, धिप्राङ र सार्दीखोलाका झरनाहरुको सम्भाव्यता अध्यन गरी क्यानोनिङ स्पोर्टको स्थापना गरिने छ । साथै सेती नदीमा ¥याफटिङ संचालनको योजना तर्जुमा गर्ने निति ल्याइने छ ।
खारपानीमा रहेको तातो पानीकुण्डलाई व्यवस्थित गरी माथिल्लो तातोपानीसम्म सडक निर्माण गरी पर्यटक प्रवद्र्धनलाई विशेष जोड दिईने छ ।
पालिका भित्र रहेका पहराहरुको सम्भाव्यता अध्यन गरी साहसिक खेलहरु रक क्लाईम्बिङ र सेती नदीको खोचमा बन्जिजम्प खेल साथै अर्मलामा प्याराग्लाईडिङ सेन्टरको स्थापना गरी निजि क्षेत्रलाई संचालन गर्न प्रोत्साहन गरिने छ ।
विविधः
स्थानिय रेडियोबाट प्रत्येक्ष रुपमा जनतासंग गाउँपालिका प्रमुख र वडा प्रमुख कार्यक्रम मासिक रुपमा संचालन गरिने छ ।
लाहाचोकमा रहेको पालिका स्तरको रंगशाला र प्रत्येक वडामा रहेका खेलकुद मैदानलाई व्यवस्थित गरी वडा स्तरीय खेलकुद प्रतियोगिता संचालमा बिशेष जोड दिईने छ ।
पञ्चेबाजा, आरन तथा सिलाई बुनाईलाई बिशेष प्राथमिकतामा राखी संरक्षण तथा एक सम्मानित व्यवसायको रुपमा बिकास गर्ने निति ल्याईने छ ।
घट्टेखोला, ढाँडखोला (धम्पुस), इदीखोला, मर्दि खोला, खहरेखोला, पौखोला, लस्तीखोला, सेती नदी, भुर्जुङखोला, धिप्राङखोलामा नदी कटान र पहिरो नियन्त्रणका लागी तटबन्ध निमार्णको गरिने छ ।
पालिकालाई महिला हिंसामुक्त, लैङिगक भेदभाव मुक्त र बालश्रम मुक्त गाउँपालिको रुपमा बिकास गरिेने छ ।
दलित तथा महिलाका सबैखाले अधिकारहरुलाई पुर्णरुपमा सुनिश्चित गरिने छ ।
प्रत्येक वडामा सुविधा सम्पन्न बाल उधानको निमार्ण गरिनुका साथै बाल अधिकारलाई सुनिश्चित गरिने छ ।
पालिका भित्र रहेका हरेक कार्यलयलाई अपाङ्ग, बाल र वृद्ध मैत्री बनाई क्षमता अनुसारको रोजगारीमा बिशेष प्राथमिकता दिईने छ ।
प्रत्येक वडामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसंग ज्येष्ठ नागरिक र महिला कार्यक्रम सञ्चालन गरिनेछ ।
पालिका भित्र शान्ति सुरक्षाको प्रत्याभुती गराउन प्रत्येक वडामा प्रहरी चौकी स्थापना गरिने छ।
विभिन्न समयमा हुन सक्ने प्राकृतिक विपदबाट हुने क्षति न्युनीकरणका लागी जनचेतनामुलक कार्यक्रम, दमकल र ¥यापिड रेस्पोन्स टिमको व्यवस्था गरिने छ ।
पालिकामा भित्र रहेका नदीजन्य पदार्थलाई नीति अनुरुप कडाइ एवं व्यवस्थित गरिने छ ।
एक हजार जनाको क्षमता भएको गाउँपालिका स्तरीय व्यवस्थित सभाहलको निमार्ण गरिने छ ।
गाउँपालिका भित्र विद्युत सेवा नपुगेका बस्तिहरुमा विद्युत सेवा विस्तार गरी बस्तिहरुको आवश्यकतानुसार थ्रीफेज लाईन विस्तार गर्दै अव्यवस्थित विद्युत लाईनलाई व्यवस्थित बनाउँदै लगिनेछ ।
गाउँपालिका भित्र बसोबास गर्ने भिन्न धर्म समूदायका मानिसहरुका लागि अन्तिम दाह संस्कार घाट र समाधी स्थल आवश्यकतानुसार निर्माण गरिनेछ ।
संघ र प्रदेश सरकारसँग बहुवर्षिय र ठूला लगानीका आयोजनाका लागी बिशेष पहल गरिने छ ।
विदेशी दातृ निकायहरुसंग संमन्वय र सहकारी गरी वडास्तरीय बिकासका योजनाहरु संचालन गर्न जोड दिईने छ ।
© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।