www.tandavnews.com
Fact ~ In search of truth

अफगिस्तानकाे काबुलमा भएको कारबम विष्फोटमा ११ नेपाली घाइते !

ताण्डव न्यूज, पाेखरा ः अफगानिस्तानको काबुलमा बुधबार भएको कारबम विष्फोटमा परी ११ नेपाली नागरिक घाइते भएका छन्। अफगानिस्तानका अधिकारहरूका अनुसार उक्त घटनामा चारजना विदेशीसहित १० जनाको ज्यान गएको छ।

उक्त घटनामा २७ जना घाइते भएको पुष्टि भएको छ। घाइते हुनेमध्ये पाँचजना ब्रिटिश नागरिक र ११ जना नेपाली नागरिक रहेको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। अन्यको विवरण खुलाइएको छैन। घटना हुँदा उक्त ठाउँमा ३३० जना रहेकाले मृतकको संख्या बढ्न सक्ने मन्त्रालयको भनाइ उद्धृत् गर्दै बिबिसीले उल्लेख गरेको छ।

ती नेपालीहरू ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएससँग आवद्ध रहेर काम गर्दै आएका थिए। सो कम्पनीले घटनामा परेर घाइते भएका व्यक्तिहरूका परिवारलाई सूचना दिइसकिएको जनाएको छ। जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको छ।जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो जसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ। अफगान अधिकारीहरूका अनुसार कारबम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेपछि दुई पक्षबीच गोली हानाहान भएको थियो।

Batas

घटना हुँदा सो स्थानमा ३३० व्यक्ति रहेका र तीमध्ये अधिकांश विदेशी नागरिक रहेको बिबिसीले जनाएको छ। द्वन्द्वग्रस्त अफगानिस्तानमा उल्लेख्य संख्यामा नेपालीहरू पनि कार्यरत छन्। तीमध्ये धेरै सुरक्षा क्षेत्रमा संलग्न छन्। यसअघि सन् २०१६ को जुनमा राजधानी काबुलमा गरिएको एउटा आक्रमणमा १२ जना नेपाली मारिएका थिए। सो आक्रमणलाई आतंकवादी घटना भन्दै नेपाल सरकारले त्यसको घोरभर्त्सना समेत गरेको थियो। एजेन्सी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.