www.tandavnews.com
Fact ~ In search of truth

जनकनन्दनीमा जसपाका यादव विजयी

लहान।

धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गगरेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गरेकाे अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए।

 

यसैगरी उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका गीता सुडीले दुई हजार ८४० मत प्राप्त गरे।

 

कूल छवटा वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका थिए । तीमध्ये गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ११ हजार ६३० जनाले मतदान गरेको थिए । यसैबीच जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा कांग्रेसका सुरेश झा ८३३ मतसहित निर्वाचित भए, भने वडा नं ५ को वडाध्यक्षमा एमालेका बेचन साह २९१ मतसहित विजयी भएका छन् ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.