www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाभाइरस: सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्याे

अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमित पाइएका छन् भने मृत्युको सङ्ख्या इटलीमा उच्च छ। विश्वभरि दश लाखभन्दा बढि कोरोनाभाइरसका घटना पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ।

भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा क्रूर सीमा नाघेको रूपमा चित्रण गरिएको छ। त्यो भाइरसका कारण अहिलेसम्म ५१ हजारभन्दा बढि मानिसको मृत्यु भएको छ भने दुई लाख आठ हजारभन्दा बढि सङ्क्रमित निको भएर घर फर्केका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको यस तथ्याङ्कभन्दा पनि उच्च सङ्ख्यामा सङ्क्रमितहरू रहेको हुनसक्ने ठानिएको छ।

Batas

सङ्क्रमितको सङ्ख्या पहिलो एक लाख पुष्टि हुन झण्डै डेढ महिना लागेको थियो। तर गत एक सातामै सङ्क्रमितको सङ्ख्या दोबर भएर त्यो दश लाख पुग्यो।

अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमित पाइएका छन् भने मृत्युको सङ्ख्या इटलीमा उच्च छ। झण्डै एक चौथाइ सङ्क्रमण अमेरिकामा पुष्टि भएका छन् भने युरोपमा आधाजसो सङ्क्रमित छन्।

बिहीवार स्पेनमा २४ घण्टाभित्रै ९५० जना मानिसहरूले ज्यान गुमाएका थिए। उक्त सङ्ख्या एकै दिनमा कुनै पनि देशमा भएको सङ्क्रमितको अहिलेसम्मकै उच्च मृत्यु हो। बुधवार स्पेनमा सङ्क्रमितहरू अघिल्लो दिनभन्दा झण्डै आठ प्रतिसतले बढेका थिए।

अनपेक्षित उच्च सङ्ख्यामा अस्पतालहरूमा कोभिड-१९ का बिरामीहरू देखिइरहेका छन्। अहिले त्यहाँ पुष्टि भएका सङ्क्रमितहरू एक लाख १२ हजारभन्दा धेरै पुगेका छन्।

अधिकारीहरूले भाइरस अहिले उच्च विन्दूतर्फ पुग्न लागेको बताउँदै त्यो केही दिनपछि कम हुँदै जाने अपेक्षा गरेका छन्। बीबीसी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.