www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाको बिरुवा गाउँपालिकामा एमालेका कुँवर विजयी

वालिङ।

स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका भगवती शर्मा विजयी भएका छन् ।

निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीका अनुसार कुँवरले चार हजार ८७२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा भगवती शर्माले चार हजार ९३७ मत ल्याएर विजयी हुँदै गर्दा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गरे।

आठ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित तीन वडाध्यक्षमा एमाले, चार वडाध्यक्षमा कांग्रेस र एउटा वडाध्यक्षमा माओवादी केन्द्रले जितेको छ । गत २०७४ सालको स्थानीय निर्वाचनमा बिरुवा गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो ।

बिरुवा गाउँपालिकामा कूल १६ हजार ५९९ मतदाता रहेकामा १० हजार ४६० मत खसेको थियो । कूल मतदाताको ६३.०२ प्रतिशत मत खसेको बिरुवामा चार हजार ९८२ पुरुष र पाँच हजार ४७८ महिलाले मतदान गरेका निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.