www.tandavnews.com
Fact ~ In search of truth

मस्र्याङ्दीमा पुन : एमाले

लमजुङ।

मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्नुन गुरुङ निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ फराकिलो मतअन्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गरे भने, उनको प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले चार हजार ३६९ मत प्राप्त गरे ।

यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहेका गुरुङ पुन : अध्यक्ष बन्न सफल बनेका हुन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट एमालेका गुरुङले कांग्रेस उम्मेदवार नरबहादुर गुरुङलाई ९०२ मतले हराएका थिए । तर अहिले कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धनलाई पछि पार्दै एक्लै लडेको एमालेले मस्र्याङ्दीमा जित हासिल गरेको छ ।

यस गाउँपालिकाको उपाध्यक्षमा एमालेकी जुनामाया थापाले गठबन्धनका उम्मेदवार अजय तामाङलाई एक हजार ८८५ मतअन्तरले पछि पार्दै विजयीभएकी थिइन्। उनले पाँच हजार ८९५ मत प्राप्त गरिन् भने, उनका प्रतिद्वन्द्वी तामाङले चार हजार १० मत प्राप्त गरे।

त्यस्तै, यस पालिकामा ९ वडा रहेकोमध्ये पाँच वडामा एमालेले जितेको छ भने, ४ वडामा गठबन्धनतर्फबाट कांग्रेसले जितेको छ । एमालेका उम्मेदवारतर्फ वडा नं १ मा रुद्रमान गुरुङ, वडा नं २ मा चेतबहादुर गुरुङ, वडा नंं ३ मा दूतमान तामाङ, वडा नं ७ मा तिलबहादुर गुरुङ र वडा नं ८ मा धनसिंह तामाङ वडाअध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै, कांग्रेसबाट वडा नं ४ मा बलबहादुर गुरुङ, वडा नं ५ बाट घनश्याम घले, वडा नं. ६ बाट मीनराशी गुरुङ र वडा नं ९ बाट हरिबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका छन् । यस गाउँपालिकामा १५ हजार १४० कुल मतदातामध्ये १० हजार ८८१ मत खसेको थियो ।

रासस

–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.