www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रीे हेरेफेरको जिम्मा शीर्ष नेतालाई

काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू हेरेफेर गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ ।

शनिबारदेखि चलिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ६ महिना भनेर पठाएकाले शीर्ष नेताहरूबीच छलफल गरेर निर्णय लिने पार्टीका उपमहासचिव गङ्गालाल तुलाधारले बताए। सरकारमा पार्टीका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच मन्त्री सहभागी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ हुन् ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन पूर्वतयारीका लागि तीनै तहका सरकार र सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

यसवर्ष पनि अघिल्लो वर्ष झै अधिक वर्षा हुने मौसमविद्को पूर्वअनुमानलाई ख्याल राख्दै बाढीपहिरो र मौसमका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गर्नुपर्ने भन्दै जोखिम व्यवस्थापनको गराइएको उपमहासचिव तुलाधरले बताए।

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि पार्टीको सम्पूर्ण शक्ति विपद् प्रतिकार्यमा परिचालित हुने बैठकले निर्णय गरेको छ । बैठकले वातावरण जोगाउनका लागि सचेतना फैलाउनुपर्नेमा जोड दिँदै सबै पक्षलार्य सोसम्बन्धी कार्यमा लाग्नसमेत आग्रह गरेको छ ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.