पाेखरा,
पोखरामा रहेर संगीत क्षेत्रमा निरन्तर लागि परेका पाँच गायिकाहरु लक्ष्मी गिरी, सुकु हिराचन, जुना क्षेत्री, पिङ्गाला भट्ट, तारा थापाको संयुक्त तीज गीत ‘छम छम नाचिन्छ’ को पोखरामा सार्वजानिक गरिएको छ ।
सप्तरङगी सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित तिज गीत बिमोचन कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले गीतलेनै समाज परिवर्तनमा टेवा पु¥याउने हुँदा यस्तै सामाजिक जनचेतनामूलक गीत सार्वजनिक हुनुपर्नेमा जोड दिइन् ।

‘मलाई गाउन नाच्न आउदैन तर म गीत संगीत सुन्ने राम्रो स्रोता हुँ,’ उनले भनिन्, ‘विस्तारै तीजको रौनकले छोएको महशुस भयो ।’ तीज पर्वलाई विकृतीको रुपमा नभई संस्कृतिकै रुपमा मनाउनु पर्ने उनको भनाई थियो ।
गीतमा शब्द संगीत र निर्देशन जय कुमार परियारको रहेको छ । शम्भु चालिसेकोको छांयाकन रहेकाे गीतमा रविन विकले सम्पादन गरेका छन् । भिडियो निर्देशक परियारले भन्छन्, ‘अहिलेका कतिपय कलाकारहरु हिजो गाउँघरमा सुनेका रत्यौली गीतलाई सुनेर त्यस्तै लय गरि तीज गीत रेर्कडिङ गर्छन र सार्वजनिक गरिरहेका हुन्छन ,अनि हामीले तिनै गीतसंगीत मन पराई रहेका हुन्छौ ।’
गायिका सुकु हिराचनले तीजलाई तीज जस्तै बनाउने चाहनाअनुरुपनै यो गीत रेर्कड भएको बताइन । सबै महिलाहरुको आवाज र महिलाहरुकै सामुहिक नृत्य भएको हुँदा पनि गीतलाई सबैले मन पराउने उनको अपेक्षा छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.