पोखरा।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नयाँ वर्षको अवसरमा ‘‘भुर्जुङ्गखोला तातोपानि माउन्टेन वाइक रेस’ प्रतियोगिता हुने भएको छ । वडा नं.२ मा रहेको ग्रीनफोर्स युवा समूहले प्रतियोगिताकाे आयोजना गरेको हो ।
पोखरा बजारदेखि १२ किलोमिटर उत्तरमा रहेको भुर्जुङ्गखोलाको भौगोलिक स्थानहरू र प्राकृतिक सम्पदा, रीतिरिवाज, रहनसहन र संस्कृतिको प्रचारप्रसारकोलागि मेलाको आयोजना गरिएको हो । ‘भुर्जुङ्गखोला जाऔँ नयाँ वर्ष मनाऔँ आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पु¥याउँ’ भन्दै आयोजना गरिएको मेलामा माउटेन वाइक रेसको साथमा पुरूष तथा महिला भलिबल प्रतियोगिता , छेलो प्रतियोगिता रहनेछन् ।
१ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ख्याति प्राप्त लोक दोहोरी कालाकार, पप कन्सर्ट, झाँकी प्रदर्शनि र हरेक दिन सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छ ।

सामाजिक कार्यमा सक्रिय रहेकेा ग्रीन फ्राेर्स युवा समूहले २०६६ जेठ २२ मा विश्व वातावरण दिवसको अवसर पारी मह जोडीका साथ १०८ पीपल वृक्षारोपण गरी मह चौतारीका साथमा अन्य चौताराहरु निर्माण गरी स्वस्थ, शान्त र आनन्दमय स्थान बनाएको छ । यसै गरी युवा समूहले सार्दिखोला तथा नेपालमा आई परेका बाढी पहिरो, भुकम्प जस्ता देवि प्रकोपमा पनि आफ्नो सक्रिय सहभागिता जनाएकाे थियाे।
भुजुङ्गखोला वरपर सरसफाई, वृक्षारोपण तथा जनचेतना फैलाउनु यस समूहको उद्देश्य रहेको छ । यस क्लबले २०७४ मा देउसी भैलो खेलीसंकलन गरेको रकम यसै भुजुङ्गखोलामा रहेको कोल्चोक स्थित ईश्वर मेमोरियल प्रतिक्षालयमा युरो गार्ड स्थापना गरी शुद्ध र सफा खानेपानीको व्यवस्था गरेको छ । यस स्थानमा कृषि सहकारी मार्फत एक र निजी स्तरबाट दुई स्थानमा विश्व कै प्रसिद्ध रेन्वो ट्राउट माछा पालन केन्द्र छन् । आन्तरिक र बाह्य पर्यटकहरुलाई काभ्रे भन्ने गुरुङ्ग गाउँमा होम स्टेको व्यवस्था छ भने च्याङ्गलुङ्ग, चौरा, खाँदरजुङ्ग र घलेखर्क होम स्टे व्यवस्थापनको चरणमा छन् । यस स्थानमा दश वटा निजी स्तरका होटलहरु सञ्चालनमा रहेका छन् । यस स्थानमा प्राकृतिक वरदान कै रुपमा तातोपानी कुण्ड छ भने भराभरीमा ढुङ्गाखानी, दलाममा महभिर, घलेखर्क लघुजलविद्युत पावर हाउस, खादरजुङ्गको मौलाकोट, घोप्टेडाँडा, सिल्दु देउराली माई, भुजुङ्गखोलाको मुल्का बराहथान, घाचोकको एकनासे भिरले स्वदेशी तथा विदेशी पर्यटकहरुको मन जित्न सक्ने आयोजककाे भनाइ छ।
© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.