www.tandavnews.com
Fact ~ In search of truth

दोस्रो चरणको खोप अभियान जारीः २ सय २६ जना पत्रकारले लगाए खोप

काठमाडौँ,
ताण्डव न्यूज ।

सरकारले हिजोदेखि सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत २ सय २६ जना पत्रकारले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारका लागि काठमाडौंको निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट र कूटनीतिक नियोगलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट खोप दिन थालेको हो ।

Batas

दोस्रो चरणको खोप पनि १० दिन भित्रसक्ने तयारी मन्त्रालयको छ । पत्रकारले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने गरी र सूचना विभागको पत्र लिएर जानुपर्ने हुन्छ । मन्त्रालयले माघ १४ गतेबाट सुरु गरेको पहिलो चरणको खोप अभियान माघ २४ गते सकेको थियो ।

दोस्रो चरणमा पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी, बैंकमा काम गर्ने तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा। श्यामराज उप्रेतीले जानकारी दिए ।

पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने भनिए पनि लक्ष्यभन्दा कमले खोप लगाएका छन् । पहिलो चरणको खोप खोप एक लाख ८४ हजार ८ सय ५७ जनालाई लगाइएको थियो । दोस्रो चरणको खोप अभियान आज दोस्रो दिन पनि जारी रहनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.