www.tandavnews.com
Fact ~ In search of truth

‘हनी ट्रयापर’ लालसरी उर्फ ललिता : ५२ वर्षिय पुरुषलाई होटलमा बोलाइन्, भिडियो खिचेर ब्ल्याकमेलिङ गरिन्

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

हनी ट्रयापमा फसाई रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गेष्ट हाउसमा पुरुषलाई बोलाएर गोप्य रुपमा भिडियो रेकर्ड गरि ब्लयाकमेलिङ गर्ने २ महिलालाई महानगरिय अपराध महाशाखा काठमाडौँले पक्राउ गरेको हो ।

यसरी पारेकी थिइन् ट्रयापमा

Batas

काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर बस्ने एक पुरुष ब्यक्तिलाई ललिता भन्ने लालसरी शाहीले सुन्धरास्थित गेष्ट हाउसमा भेट्न बोलाइन् । लालसरी र ति ५२ वर्षिय पुरुषको भेटघाट एक वर्षअघि संस्थागत कामको शिलसिलामा भएको थियो । ललिताले आफू सुन्धरा स्थित होटलमा बसेको समयमा सबै पैसा हराएकाले पुरुषसँग सहयोगको याचना गरिन् ।

पुरुष के रहेछ ? भनेर गेष्ट पुगे । गेष्ट हाउसको कोठामा पुग्नासाथ महिलाले पुरुषको नजिक गई हात लगायत अन्य अंगमा सुम्सुम्याउन थालिन् । ब्लयाकमेलिङ गर्नकै लागि उनले यो हर्कत गर्दे थिइन् । जसको भिडियो महिलाकै साथीले खिचिरहेकी थिइन् ।

भिडियो रेकर्ड भइसकेपछि भनेजति पैसा नदिए घरपरिवार र प्रहरीमा जानकारी गराउने बताइन् । फसाउने भएपछि पुरुषले उनिहरुले मागेअनुसार पैसा दिइरहे । पटकपटक गरि ३ लाख २ हजार ५ सय रुपैयाँ ललितालाई बुझाइसकेको प्रहरीले बतायो ।

ललिताले थप ८ लाख मागिन् । भिडियो परिवार र प्रहरीलाई देखाइदिने धम्की दिँदै ललिताले फेरी ८ लाख मागिन् । यसपटक पुरुषले प्रहरीलाई खबर गरे ।

प्रहरीका अनुसार ललिताको गिरोहले यस्तै प्रकारको विधि अपनाएर ब्लयाकमेलिङ गर्ने, भिडियो भाइरल गराइदिने तथा जर्वजस्ती करणीको मुद्धा लगाइदिनेसम्मको त्रास देखाएर रकम असुल्दै आएका थिए ।
ललिता भनिने लालसरी शाहीले २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत, बाँकेको फैसलाले २०७४ गते १ लाख धरौटीमा छुटेकी थिइन् ।

ललितासहित प्रहरीले विरेन्द्रनगर घर भई काठमाडौँको कपन बस्दै आएकी कल्पना हमाललाई पनि पक्राउ गरेको छ । उनिहरु मिलेर पुरुषलाई ट्रयापमा पार्ने गरेका थिए ।

लालसरी र कल्पनाले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई २०७७।०६।०६ गते जर्वजस्ती करणीको मुद्दामा जाहेरी दिएका थिए । उक्त जाहेरी झुठ्ठा ठहर्दै लालसरीलाई सम्मानित जिल्ला अदालत सुर्खेतले ३ वर्ष ६ महिना जेल सजायको फैसला गरेका थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.