पोखरा
हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन २ को उपाधि १९ वर्षीया कविता पौडेलले जितेकी छन् । पोखरा बिरौटाकी कविता नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बिएचएम दोश्रो बर्षकी छात्रा हुन् ।
उनले २५ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि सहित नगद २५ हजार रुपैयाँ र दुबई भ्रमणको अवसर प्राप्त गरेकी छन् ।

हस्पिटालिटी सेक्टरमा सेवारत युवा–युवती दुवै भाग लिन पाउने सो प्रतियोगितामा २१ वर्षीय विश्वदीप थापाले मोस्ट
ट्यालेण्टेड उपाधि सहित फस्र्ट रनरअप बने । पोखरा छोरेपाटनका थापा पोखरा लिंकन कलेजका बिएचएम तेस्रो वर्षका विद्यार्थी हुन् ।
बुटवलकी प्रतिष्पर्धी रुबीरानामगर सेकेण्ड रनरअप बनिन् । १९ वर्षकी उनी वेस्टर्न मेगा कलेज बिएचएम दोस्रो वर्षकी छात्रा हुन् । लेकसाईडका २० वर्षीय उज्वलबहादुर कार्की थर्ड रनरअप बने । उनी पोखरा टेक्नीकल स्कुल (सिटिईभिटी) मा बिएचएम तेश्रो बर्षमा अध्ययनरत छन् ।
त्यस्तै न्यू ग्यालेक्सी स्कुलका नुर पुन भियुअर्स च्वाईस र पोखरा लिंकन कलेजका उज्जवल कुमार श्रेष्ठ पब्लीक च्वाईस बने ।
उपविजेताहरुले सिक्किम भ्रमणका साथै बिभिन्न अवसरहरु प्राप्त गर्ने आयोजक आयोजक एपी इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए ।
प्रतियोगिताको निर्णायकहरुमा सिनियर क्याप्टेन तथा कलाकार बिजय लामा, अग्रज सञ्चारकर्मी दिनेश डिसी, एजुकेशनल कन्सलटेन्ट तथा युवा व्यवसायी राजमान थकाली, पर्यटन व्यवसायी तथा नाटाका अध्यक्ष सन्तोष पोखरेल, माउन्ट अन्नपुर्ण कलेजका प्रिन्सिपल शैलेन्द्रराज श्रेष्ठ, डा. स्निधा मैनाली, बाटिका होटलका अपरेशन म्यानेजर सुधन अधिकारी, एम्स कलेजका प्रिन्सिपल दिपक ढकाल, फोटोग्राफर सुरज श्रेष्ठ थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलियाले हस्पिटालिटी क्षेत्रमा सेवा गर्नेहरुबीचको यो प्रतियोगिता सौन्दर्यमा मात्र केन्द्रित नभएको र आफ्नो सेक्टरमा सर्वोत्कृष्ट बनाउनका लागि उपयोगी रहने बताए । प्रतियोगितामा १० युवती र १६ युवाको सहभागिता रहेको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.