www.tandavnews.com
Fact ~ In search of truth

सर्जक घनश्याम रिजाललाई विन्ध्यवासिनी म्युजिक अवार्ड

पाेखरा।
सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् । काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा उनलाई विन्ध्यवासिनी म्युजिक अवार्ड बाट पुरस्कृत गरिएको हो ।

रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पारे । उनले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो । जसमा लोकदोहोरी गायक रामजी खाण र गायिका अन्जु पन्तको आवाज रहेको छ ।

पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने उनको योगदान अतुलनीय छ । खासगरी नेपाली लोकगीत क्षेत्रमा उनले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ । प्रेमिल भावका गीत सँगै उनले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गरेका छन् ।

Batas

घर शुन्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत हुन् । यस बाहेक अमिलो रसैले, सरसर, तिम्रो पछ्यौरी(रत्यौली), ओई माया, ढल्के बरको छायाँले, बम्बैको साडी, हुन हुनि थियो र मलाई, प्यार प्यार, डालीमा बसेको चरी, जन्मघर माइतैमा, डाली रित्तै भो जस्ता गीत उनका चर्चामा छन् ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.