www.tandavnews.com
Fact ~ In search of truth

आगो लागेको कि लगाइएको ? घटना जटिल बन्दै

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ–४ मा रहेको सिद्धार्थ कम्प्लेक्स उज्यालो बजारमा जेठ २५ गते भएको आगलागीको घटना जटिल बन्दै गएको छ ।

बजारको डि लाइन सटर नम्बर ८ र ९ बाट कसरी आगलागि भयो भनेर खुल्न सकेको छैन भने अर्को तर्फ इन्स्योरेन्सको लोभमा आगो भनेर प्रहरीकहाँ व्यवसायीनै पुगेका छन् ।

Batas

विद्युत प्राधिकरण पोखरा शाखाले जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको प्रतिवेदनबाट उज्यालो बजारमा विद्युत सर्ट भई आगलागि नभएको प्रतिवेदन बुझाएको एक व्यवसायीले बताए ।

योजनाबद्ध रुपमा आगो लगाइएको हुन सक्ने सोही बजारमा लाउण्ड्री व्यवसाय गर्ने चाचा नामले बोलाउने सम सुधीन हवारीले प्रहरी समक्ष बयान दिएका छन् ।

उनले प्रहरी समक्ष बजार अरु दिन सामान्यतया ७ बजेसम्ममा बन्द भईसक्ने जनाएका छन् । उक्त घटना घटेको दिन राति ९ बजे तिर दुई जना महिलाले आगलागि सुरु भएको सटर खोलेर भित्र प्रवेश गरेको तर कुन समयमा बाहिर निस्केको पत्तो नपाएको बताएको हवारीले प्रहरी समक्ष बयान दिएका छन् । व्यवसायीले प्रहरीकहाँ पञ्चासे हस्तकला संचालक पार्वतीकुमारी शर्मा विरुद्ध किटानी जाहेरी दिएका छन् ।

विद्युत सर्टबाट भएको हो या होइन भनेर भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओमबहादुर रानाले बताए । ‘गहिरो अनुसन्धान हुँदैछ’ उनले भने, ‘घटना कसरी घटेको वास्तविकता पत्ता लागेपछि सार्वजनिक गर्छौ ।’

यो पनि पढ्नुहोस्

उज्यालो बजारको आगलागीमा अाशंका

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.