www.tandavnews.com
Fact ~ In search of truth

हेर्नुहोस् यो साताको राशिफल

मेष :

प्रारम्भमा स्वास्थ्यमा समस्या आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपु¥याउँदा केही चुनौती देखिने छन् । तापनि प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ । अरूलाई प्रभावित पारेर उपलब्धी हातपार्ने समय छ । तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । प्रयत्न गर्दा पेसा ब्यबसायमा सफलता मिल्ने छ । विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । लाभांशका लागि अलि संघर्ष गर्नुपर्ला । सप्ताहान्तमा अवसरवादीहरूबाट सजग रहनुहोला ।

बृष :

Batas

पुर्वार्धमा केही चुनौतीसँग संघर्ष गर्नुपर्ने हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अरूको स्वार्थमा उपयोग भइने समय छ, सजग रहनुहोला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला । तापनि मिहिनेतले सफलता पाउन सकिनेछ । सुखदुःखमा साथ दिनेहरू पनि फेला पर्नेछन् । उत्तरार्धमा रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ । लगनशीलताले समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ ।

मिथुन :

पुर्वार्धमा मित्रजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ । सोमवारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला । आर्थिक अभावले आँटेको काम स्थगीत हुन सक्छ । परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ । तापनि बुधवारपछि स्थितिमा सुधार आउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ । कुटनीतिकतामा ध्यान दिनुहोला ।

कर्कट :

पुर्वार्धमा पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ । पहिलेको उपलब्धीले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । दिगो फाइदा हुने काम हातलागी हुनेछ । तर, वादविवादमा अघि नसर्नुहोला । बीचमा झुटा आरोपको सामना गर्नुपर्ने छ । स्वास्थ्यमा पनि ध्यान पु¥याउनुहोला । भैपरी आउने समस्यासँग जुध्नुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला । प्रतिस्पर्धीहरूले दुःख दिए पनि व्यवहारमा राम्रै अवसर हात पार्न सफल भइनेछ ।
सिंह :

साताको पुर्वार्धमा केही काम रोकिए पनि बिहीबारदेखि स्थितिमा सुधार आउनेछ भने अधिकार र प्रतिष्ठा स्वत प्राप्त हुनेछ । व्यवसायका लागि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ । व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ । तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ ।

कन्या :

पुर्वार्धमामा समस्या देखिए पनि सजिलै समाधान हुनेछन् । अरूको बहकाउमा परिनाले काम रोकिने सम्भावना छ । भौतिक साधनको कमीले पनि केही अप्ठ्यारो पर्ला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ । मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ । उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ । दिगो फाइदा हुने काम प्राप्त हुनेछ । व्यवसायमा प्रगति हुनेछ । माया प्रेममा परिने सम्भावना देखिन्छ ।

तुला :

मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् ।बुधवारसम्म आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ । शुभचिन्तकहरूले भने साथ दिनेछन् । भित्रिएको पैसा अरूलाई नसुम्पनुहोला । अध्ययनमा पनि धेरै समय दिन नसकिए पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । सप्ताहान्तमा अप्ठ्यारा कामको बोझ थपिए पनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । जिम्मेवारी प्राप्त भए पनि उपलब्धीका लागि प्रतीक्षा गर्नुहोला ।

बृश्चिक :

साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । दीर्घकालीन लाभ हुने काम प्रारम्भ गर्ने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ । तर कुटुम्बको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ । साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । साताको अन्त्यमा बोलीको प्रभावले विशेष अवसर प्राप्त गर्न सकिनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ ।

धनु :

प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्वाकांक्षी काम सुरु हुनेछ । आँटले काम लिँदा लक्ष्य प्राप्त गर्न सकिनेछ । बिहीबारदेखि भने परिस्थिति अलि असहज बन्ने देखिएकाले बोली–व्यवहारमा सजग रहनुहोला । लै लै मा लाग्ने काम बन्द गर्नुहोला । तापनि शुक्रबारपछी स्थितिमा सुधार आउनाले भौतिक साधनको अभाव सुल्झनेछ । आफन्तहरूले राम्रो साथ दिनेछन् । बौद्धिक कुशलताले उपयोगले लक्ष्य प्राप्ति हुनेछ । सप्ताहान्तमा स्वास्थमा भने ध्यान दिनुहोला ।

मकर:

नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ । प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ । लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ । तर आलोचकहरूले आत्मसम्मानमा चोट पु¥याउन सक्छन् । आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन् । ठूलो भागको आशाले हानि पु¥याउने हुँदा सजग रहनुहोला । खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । रोकिएका काममा अझै समस्या यो सातामा देखिने छ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । शनिबारदेखि आफन्तसँगको भेटघाटले मनमा आनन्द मिल्नेछ ।

कुम्भ :

साताको सुरुवात समयमा विवादास्पद काम गर्नुपरे पनि आफन्तको सहयोग जुट्नाले अभिष्ट पूरा हुनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । विवादमा अघि नसर्नुहोला । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । व्यापार–व्यवसायमा पनि लाभ हुनेछ । तर, परिवारजनका आवश्यकतामा केही खर्च पनि हुनेछ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिएकाले सजग रहनुहोला । खर्च लागे पनि लामो र फलदायी यात्रा गर्ने अवसर जुट्न सक्छ ।

मीन :

यो सातामा मिहिनेतले गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ । पहिलेको मिहिनेतले आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ । तर, लगत्तै अनियन्त्रित खर्च पनि हुनेछ । बिहीवारदेखि अर्थअभावको अनुभूति हुनेछ । तापनि विदेश यात्राको प्रक्रिया अघि बढ्नेछ । यो सातामा आफन्त र साथीभाइसँग रमाइला पल बिताइने छ । सुरुमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ । तापनि, कामले विभिन्न अवसर दिलाउनेछ । सोमवारदेखि विशेष धन लाभ हुने समय छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.