पोखरा,
बिनिता सुनार/ताण्डव न्यूज ।
आगमी असार ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘तिमी हुन्छौं जहाँ जहाँ’ को प्रचार टोली पोखरा आएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा टोलीले पोखरेली दर्शकलाई फिल्म हेरिदिनको लागि आग्रह गरे ।
पत्रकारमाझ बोल्दै चलचित्रका निर्माता डालचन्द्र दवाडीले फिल्म राम्रो बनाएको प्रतिक्रिया दिए । ‘फिल्म हेरिसकेपछि पैसा खेर गयो भन्न पदैन,’ उनले भने, ‘फिल्म मसलेदार रहेको हुँदा दर्शकले मन पराउँनेछन् ।’

झन्डै डेढ करोड लागतमा बनेको फिल्मको सुटिङ काठमाडौं, सिन्धुली, पोखरा, मुस्ताङ लगायतका रमणीय ठाउँहरुमा सुटिङ गरिएको कार्यकारी निर्माता प्रकाश बास्कोटाले जानकारी दिए ।
विकास बस्यालले निर्देशन गरेको फिल्ममा मलिना जोशी, तमन्ना के.सी, मनिष सुन्दर श्रेष्ठ, स्वरुप ढकाल लगायतको अभिनय देख्न सकिन्छ । तमन्नाको यो डेब्यू फिल्म हो ।
फिल्ममा पोखरेली स्थानीय कलाकार धिरज सुनारको पनि अभिनय रहेको छ । मदन दवाडी र हरिप्रसाद अधिकारी फिल्मका निर्माता हुन भने विना कार्की सहनिर्मात्री हुन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.