www.tandavnews.com
Fact ~ In search of truth

यस्तो छ आजको मौसम

काठमाडौँ ।

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली छ, कतिपय क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

Batas

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.