www.tandavnews.com
Fact ~ In search of truth

‘काठमाडौँमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’

काठमाडौँ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन्।

उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताए। उनले जनताको स्वास्थ्यमा खेलवाड नगर्न पनि अनुरोध गरे । सांसद रावलले काठमाडौँको फोहर सफा गरेर देखाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले अर्थ मन्त्रालयसँगको शीर्षकमाथि प्रश्न राख्दै संसारमा असफल भइसकेको नवउदारवाद र पूँजीकरणको बाटोमा राज्य हिँडिरहेको भन्दै आलोचना गए।

पूर्वमन्त्री रावलले व्यापारघाटा उच्च रहेको, चालु खातामा घाटा वृद्धि भइरहेको, भुक्तानी असन्तुलन तीव्र रहेको र बाह्य ऋण बढ्दो क्रममा रहेको तथा नेपालीका टाउकामा रु ६० हजारभन्दा बढी ऋण भइसकेको अवस्थामा नेपालको अर्थतन्त्रलाई सरकारले कसरी व्यवस्थापन गर्छ भन्दै जवाफ मागे।

रक्षा मन्त्रालयसँगको विषयमा प्रश्न राख्दै उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सरकार मौन बस्नुले स्वाधिनता र स्वतन्त्रताको सुरक्षा नहुने बताए। उनले त्रिभुवन विश्वविद्यालयमा ताला लागेको १३९ दिन हुँदासमेत कुनै पहलकदमी नहुने मुलुकमा उत्कृष्ट विश्वविद्यालय हुन्छ भनेर विश्वास गर्न नसकिने बताए।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.