www.tandavnews.com
Fact ~ In search of truth

सभामुखद्वारा किसानलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

काठमाडाैँ

सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल तथा बीउ नपाएको भनी संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले उक्त मागप्रति ध्यानाकर्षण जनाउँदै शीघ्ररुपमा मलखादको व्यवस्थापन गर्न आग्रह गरे।

“खेतीका समयमा पनि मल उपलब्ध नभइरहेका सन्दर्भमा माननीय सदस्यले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ, यथाशीघ्र किसानलाई मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु”, सभामुख सापकोटाले भने ।

रासस

–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.