www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशको वार्षिक बजेट सार्वजनिक आज

पोखरा ।
आगामी आर्थिक वर्ष २०७९-८० का लागि गण्डकी प्रदेशसहित सातै प्रदेशले बुधबार बजेट लिँदै छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ । सोही प्रावधान बमोजिम प्रदेश सरकारहरुले अन्तिम पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले बजेट प्रस्तुत गर्नेछन् । सरकारले ३६ अर्बभन्दा बढीको बजेटका ल्याउने तयारी गरिएको छ ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट प्रस्तुत गरेको थियो । सरकारले चुनाव केन्द्रित र सत्ता गठबन्धनको योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेका छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.