www.tandavnews.com
Fact ~ In search of truth

प्रमुख प्रतिपक्षद्धारा प्रतिनिधिसभाको बैठक बहिष्कार

काठमाडौँ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बहिष्कार गरिएको हो ।

त्यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरू छलफलमा सहभागी नहुने र बहिष्कार गर्ने बताएका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकका सन्दर्भमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा उठेको जिज्ञासाका बारेमा जवाफ दिइरहेकाे बेला एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।एमालेले बजेट निर्माणको क्रममा राख्नुपर्ने गोप्यता नराखेको तथा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लगाएको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.