www.tandavnews.com
Fact ~ In search of truth

संसदीय समिति बनाउन अध्यक्ष ओलीको माग

काठमाडौँ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण प्रक्रियामा अर्थ मन्त्रालयमा भएको सिसीटिभी फुटेज उपलब्ध नभएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले सो प्रकरणबारे सरकारले छानबिन गराउन सक्नुपर्ने र यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्धलगायतका सवालमा सरकारका कार्य उचित नभएको दावी गरे । अध्यक्ष ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कहिले के के भएको हो ? सोबारेमा पनि स्पष्ट पार्न माग गरे।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.