www.tandavnews.com
Fact ~ In search of truth

कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग

काठमाडौँ।

कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएकाले पाठ्यपुस्तक माग गरिन् ।

“कर्णालीका बालबालिकाले अझै पूर्णरूपमा पाठ्यपुस्तक पाउन सकेका छैनन्” उनले भनिन्, “त्यसैले तत्काल पाठ्यपुस्तक उपलब्ध गराइयोस् भनी माग गर्दछु ।” यस्तै उनले सुर्खेत नगरपालिकाका १६ वटै वडामा पक्की सडक बन्न नसकेको, पटक–पटक बिजुली जाने समस्या रहेको भन्दै यी विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराइन्।

सांसद गुरुङले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर मल वितरण गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद मोहम्मद खालिनले किसानलाई दू्रतमार्गमार्फत मलको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

सांसद उदयबहादुर बोहराले गए राति करिब साँझ ८ बजे सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का स्थानीय व्यापारी विद्याभूषण डाँगीको घरमा बिजुली सर्ट भई घर र पसलमा क्षति भएकाले निजलाई क्षतिपूर्तिको माग गरे ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.