www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टी भएको हो ।

उनलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो । सोमबार नै उनले चिकित्सकसँग परामर्श लिएकोमा मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो ।

Batas

चिकित्सकका अनुसार उनलाई हल्का ज्वरो आएपनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । आज (बुधबार) उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उनि पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै उनले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.