www.tandavnews.com
Fact ~ In search of truth

अध्यक्ष दाहाल र नेपालबीच पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल

काठमाडौँ ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ ।

ललितपुर हात्तीवनमा आज भएको छलफलमा दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो ।

यस्तै, आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यस अवसरमा छलफल भएको थियो ।

Batas

माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले समसामयिक राजनीतिक विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको जानकारी दिए।

आजै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्ने तयारी छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.