www.tandavnews.com
Fact ~ In search of truth

पोखरेल प्यानलसहित चुनावी मैदानमा

पाेखरा।
पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले बिहिबार पदाधिकारी, सदस्य उम्मेदवारहरू सहितको प्यानल घोषणा गरेका छन्।

पोखरामा पत्रकार सम्मेलन गर्दै अध्यक्षका प्रत्यासी पोखरेलले चुनावलाई एउटा प्रकृयाको रूपमा लिएको र संघमा लागेदेखि अहिलेसम्म पराजय भोग्नु नपरेको स्मरण गर्दै प्रतिष्पर्धाबाट कत्ति पनि नडराएको बताए । “हामी पहिले एउटै थियौं तर अहिले पवन दाइको अलग प्यानल छ र मेरो अलग छ। चार चार कार्यकाल सेवा गरिरहेका साथीहरू बाहिर रहेका छन् । उनीहरूलाई मैले समेटेको छु ।” उनले भने

सो अवसरमा पोखरेलले आफ्नो प्यानलको घोषणा गर्दै अध्यक्षमा अर्जुन पोखरेल, उद्योगतर्फ वरिष्ठ उपाध्यमा हरिहर सापकोटा, वाणिज्यतर्फ मुना बास्तोला र उद्योगतर्फ उपाध्यक्षमा देवेन्द्र केसी रहेको बताए । महासचिवमा केशब बहादुर खत्री, उपमहासचिवमा हर्क बहादुर अधिकारी, कोषाध्यक्षमा हरिराज पन्त रहेको बताए ।

Batas

सदस्यका उम्मेदवारहरूमा भरत केसी, धर्मेन्द्र बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी लाहुरे दाइ, दिलिप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्ण कोइराला र हिमनिधि लौडारि उम्मेदवार रहेको बताए। टिममा दुई सदस्य अब केहि दिनमै टुङो लगाइने भएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.