www.tandavnews.com
Fact ~ In search of truth

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा तेक्वान्दो छनोट सम्पन्न

पोखरा।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा तेक्वान्दो खेलको छनोट सम्पन्न भएको छ ।

नवौंका लागि ग्योरोगी र पुम्सेतर्फ गरी कुल १६ जना खेलाडी प्रदेशस्तरिय प्रतिष्पर्धाका लागि छनोट भएका हुन् । कास्की जिल्ला तेक्वान्दो संघले विभिन्न तौल समुहमा खेलाडी छनोट गरिएको अध्यक्ष कुमार गुरुङले जनाएका छन् ।

छनोट भएका खेलाडी ग्योरोगीतर्फ पुरुष ५४ केजीमा अनुगमन विक, ५८ केजीमा अमृत गुरुङ, ६३ केजीमा राजकुमार चौधरी, ६८ केजीमा हेमन्त गुरुङ, ७४ केजी मुनी तौलमा आविष्कार बस्ताकोटी, ८० केजीमा सकिल लामगाडे र ८७ केजी मुनीतौलमा दपर्ण हमाल ठकुरी तथा ८७ केजी भन्दा माथीको तौलमा निरोज बहादुर नेपाली छनोट हुन सफल भएका छन् ।

Batas

त्यसै गरी महिला ग्योरोगीतर्फ ४६ केजी मुनी तौलमा स्विकृती केसी, ४९ केजी मुनीमा अनिषा परियार, ५३ केजी मुनीमा मोनालिशा मल्ल, ५७ केजी मुनीको तौलमा सन्जु घर्ती, ६२ केजी मुनीमा पार्वती श्रेष्ठ छनोट भएका छन् । पुम्सेतर्फ आयुष गुरुङ, अपर्णा अधिकारी र मिरा गुरुङ छनोट हुन सफल भएको अध्यक्ष गुरुङले जनाए ।

छनोट हुन सफल भएका खेलाडीहरुले यहि भदौ १६ देखि १८ गते सम्म पोखरामा सञ्चालन हुने प्रदेशस्तरिय छनोट खेलमा सहभागिता जनाउने छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.