www.tandavnews.com
Fact ~ In search of truth

आगामी निर्वाचनमा एमालेले कसैसँग गठबन्धन गर्दैन : महासचिव पोखरेल

काठमाडौँ ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आसन्न सङ्घीय तथा प्रदेशसभाको निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन्  ।

एमाले प्रचार तथा प्रकाशन विभागद्वारा आज काठमाडौँमा आयोजित पत्रकारसँग संवाद कार्यक्रममा महासचिव पोखरेलले एमालेले आसन्न निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भन्दै स्थानीय आवश्यकताका आधारमा तालमेल भने हुनसक्ने उल्लेख गरे।

महासचिव पोखरेलले मुलुकको राजनीतिलाई सही बाटोमा हिँडाउन र समृद्धिको लक्ष्य हासिल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी प्रधानमन्त्रीका रुपमा एमालेले अघि सारेको दाबी गरे।

Batas

महासचिव पोखरेलले नागरिकता विधेयकमा एमालेको असहमति भनेको सत्तारुढ दलले अघि सारेको विधेयक पारित प्रक्रिया र वैवाहिक अङ्गीकृत नागरिकताको व्यवस्थामा मात्र रहेको बताए।

उनले नेपालमा विवाह गरेर आउने महिला र भारतमा बिहे गरेर जाने नेपाली चेलीको हकमा समान व्यवस्था गर्नुपर्ने एमालेको माग पुरा भए सहमति हुने विश्वास व्यक्त गरे।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.