www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २५ः अझै हटेन सरकारी जग्गामा बनाइएको बंगुर फार्म र गिटी बालुवाको थुप्रो

पोखरा ।

सरकारी जग्गामा रहेको बंगुर फार्म र जम्मा गरिएको नदीजन्य पदार्थ हटाउन निर्देशन दिइएपनि अझै हटाइएको छैन ।

पोखरा २५, साविक हेम्जा गाविस वडा नं १ कित्ता नं ४० मा रहेको फार्म र नदी तटमा जम्मा गरिएको ढुङ्गा, गिटी, बालुवा हटाउन महानगरले ७ दिनको समय दिएकोमा १७ दिन वितिसक्दा समेत उक्त जग्गा खाली गरिएको छैन ।

Batas

महानगरले २०७९/०४/३०मा २५ नं वडा कार्यालयलाई उक्त जग्गा खाली गराउन ७ दिनको अल्टिमेटम दिएको थियो ।

‘उक्त सार्वजनिक जग्गामा रहेको बंगुर फार्म को कसको हो त्यहाँ वडा कार्यालयबाट पहिचान गरी ७ दिन भित्र हटाउन लगाउने नहटाएमा यस कार्यालयको सहयोग लिई हटाउने, हटाृदा लाग्ने खर्च समेत असुल गर्ने गरी सम्बन्धित पक्षलाई जानकारी गराउनु हनु अनुरोध गरिन्छ’ महानगरले वडा कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ ।

पोखरा २५का वडाध्यक्ष मोतिलाल तिम्सिनाले अझैसम्म हटाउन नसकिएको स्विकारे । हटाउनेबारे सम्बन्धित ब्यक्तिहरुसँग छलफल भइरहेको जनाउँदै वडाध्यक्ष तिम्सिनाले भने,‘महानगरको पत्र अनुसार हामीले सम्बन्धित ब्यक्तिहरुलाई ताकेता गरिरहेका छौँ । यसमा अब वडा भन्दा पनि महानगरबाटै एक्सन लिए सजिलो हुनथ्यो ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.