www.tandavnews.com
Fact ~ In search of truth

अधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई

पोखरा।
उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने प्रतिबद्धतासहित उनीहरुको घरदैलोमा पुगिरहेको पवनकुमार प्रजापति सहितको टोलीलाई मतदाताहरुको अधिकतम समर्थन मिलेको छ । मतदाता उद्योगी व्यवसायीहरुले आफ्नो नेतृत्वको समूहलाई अत्याधिक विश्वास गरेको अध्यक्ष प्रत्यासी प्रजापतिको दाबी छ । आईतबार घरदैलोको क्रममा प्रजापति र उनको समूह प्रस्यांंग, जिरोकिलोमिटर, मालेपाटन, मासबार, रत्नचोक, राष्ट्रबैंकचोक, मुस्तांगचोक लगाएतका स्थानमा पुगेर उद्योगी व्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमा मत मागेका थिए ।

संघमा क्रमैसँग आएको नेतृत्व र परिस्कृत सोँचसहितको नयाँ पुस्ताका सदस्य पदाधिकारीहरुको उत्कृष्ट समूह भएकोले उद्योगी व्यवसायीहरुले आफ्नो समूहलाई बढि रुचाएको प्रजापतिको दाबी छ ।

हामी जहाँ पनि गैरहेका छौँ, त्यहाँ व्यवसायीहरुबाट एकदमै राम्रो प्रतिकृया पाईरहेका छौँ । अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले भने, ‘उद्योगी व्यवसायीहरुबाट पाएको माया र सद्घावले हामीलाई अझै बढि जिम्मेवारी बोध गराएको छ ।’ प्रजापतिले संघको जीवन्तता र उद्योगी व्यवसायीहरुको अभियन्ता बन्ने नारासहित आफूहरु चुनावी मैदानमा होमिएको बताए । हालसम्म करिब ८० प्रतिशत उद्योगी व्यवसायीको घरदैलोमा पुगेर आफ्नो समूहले मत मागिसकेको प्रजापतिले भने ।

Batas

प्रजापति समूहले संघमा आबद्ध उद्योगी व्यवसायीहरुको समस्या हल गर्ने र उद्योग वाणिज्य संघको आर्थिक स्रोत बढाउने कार्ययोजनालाई प्राथमिकतामा राखेर आफ्नो पक्षमा मत मागिरहेको छ । समावेशी कार्यसमिति निर्माण गरेको दाबी गर्ने यो समूहले उद्योग वाणिज्य संघमा निर्वाचित भएर आएसँगै उद्योगी व्यवसायीले तत्काल महशुस गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएको छ । प्रजापति समूहले विभिन्न १७ बुंदे घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरुलाई अक्षरश पुरा गर्ने वचन समेत घरदैलोको क्रममा दिएको छ ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा प्रजापति समूहबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.