www.tandavnews.com
Fact ~ In search of truth

झापा क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

झापा।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो ।

क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए। उनका अनुसार क्षेत्र नं ३ र ४ बाटसमेत आजै उम्मेदवारको नाम सिफारिसका लागि पार्टीको बैठक बसिरहेको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.