www.tandavnews.com
Fact ~ In search of truth

‘कोठा नं ३०५ मा राती १२ः२५ बजे पटक-पटक जजक गरेकाे जाहेरी दरखास्त’ : प्रहरी

काठमाडौं
ताण्डव न्यूज ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध जर्वजस्ती करणीको(जजक) जाहेरी परेको छ । एक किशोरीले सन्दीपविरुद्ध जजक कसूरमा प्रहरी वृत्त गौशालामा मंगलबार जाहेरी दिएकी हुन् ।

जाहेरीमा सन्दिपले किशोरीलाई दिउँसो काठमाडौँ र भक्तपुर लगि राति काठमाडौँ-९ स्थित एक होटलमा जर्वजस्ती करणी गरेको उल्लेख रहेकाे प्रहरीले बतायाे ।

Batas

प्रहरीले विज्ञप्ति भनेको छ,’नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्‍तान सन्दीप लामिछानेले मिति २०७९।०५।०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३:५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं ३०५ मा मिति २०७९।०५।०६ गते रातको अन्दाजी ००:२५ बजे पटक-पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९।०५।२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।’

जाहेरीपछि घटनाको सुक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.