www.tandavnews.com
Fact ~ In search of truth

नेप्सेमा ४७.४४ अंकको वृद्धि

काठमाडाैँ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले बढेको छ।

आज नेप्से २ दशमलव ४५ प्रतिशतले बढेर एक हजार ९ सय ८१ दशमलव ४८ बिन्दुमा पुगेर बन्द भएको छ।

बुधबार २२७ वटा धितोपत्रको १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको छ।

Batas

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। मंगलबार ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको थियो।

बुधबार ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७३ रुपैयाँ ९० पैसा पुगेको छ।

त्यस्तै, लिवर्टी इनर्जीको सेयरमूल्य ८ दशमलव ३२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २५७ रुपैयाँ ८० पैसा कायम भएको छ।

बुधबार सेयर मूल्य सर्वाधिक घट्नेमा एनआइसी एशिया फेक्सी क्याप फण्ड रहेको छ। योजनाको इकाइ मूल्य १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँमा झरेको छ।

यस दिन सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। कम्पनीको ६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३ दशमलव ७७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७९९ रुपैयाँ कायम भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको ५७२ रुपैयाँमा ४ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

नेप्सेका अनुसार व्यापार समूहको परिसूचक ५ दशमलव ७५ प्रतिशत, विकास बैंकको परिसूचक ४ दशमलव ६२ प्रतिशत, जलविद्युतको ३ दशमलव ६२ प्रतिशतले बढेको छ।

त्यसैगरी, होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र लगानी समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.