www.tandavnews.com
Fact ~ In search of truth

आजबाट भुजुङखोलामा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता

पोखरा।
माछापुच्छ्रे गाउँपालिकामा गण्डकी प्रदेश अन्तर पालिका स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आज (बिहीबार) बाट सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिका भलिबल संघको आयोजनामा भुजुङखोलामा आजबाट सुरु भएको प्रतियोगिता असोज १ गते सम्म चल्ने संघका अध्यक्ष राम पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगर २ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितीयले १ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने २ टिमले ३०–३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट खेलाडीलाई ७ हजार प्रदान गरिनेछ । भलिबल प्रतियोतिगतासँगै सांस्कृतिक एवम् हाँस्य र मनोरन्जनात्मक कार्यक्रमसमेत हुने अध्यक्ष पुनले बताए । प्रतियोगिता सञ्चालन गर्न ११ लाख लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि माछापुच्छ्रे गाउँपालिकाको मुख्य सहयोग छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.