
काठमाण्डाैँ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५७ अंकले घटेकाे छ। लगातार दुई दिन बढेकाे शेयर बजार आज बिहीवार भने उच्च अङ्कले घटेकाे हाे । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८८ प्रतिशतले घटेर एक हजार नाै सय २४ दशमलव ४८ विन्दुमा झरेकाे छ ।
आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, माइक्राेफाइनान्स, उत्पादन, विकास बैंक, जलविद्युत्, फाइनान्स, हाेटल तथा पर्यटन र व्यापार समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।
नेप्से परिसूचक उच्च अङ्कले घटेकाे दिन दुई सय ३२ वटा कम्पनीकाे ६९ लाख ४० हजार कित्ता शेयर दुई अर्ब १२ कराेड ५६ लाख रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंककाे २१ कराेड ५० लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

आज एनआईसी एसिया फ्लेक्जी क्याप फन्डकाे शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड २ काे शेयर चार प्रतिशतभन्दा धेरैले बढेकाे छ ।
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.