www.tandavnews.com
Fact ~ In search of truth

लिखित बयानमा हस्ताक्षर गर्न जबराद्वारा अस्वीकार

काठमाडैँ।
निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानको लिखित प्रतिमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

जबराले दिएको बयानलाई प्रमाणित गर्न सिंहदरबारमा जारी बैठकमा उपस्थित ‍भएका निलम्बित प्रधानन्यायाधीश जबराले बयानको लिखितप्रति ठूलो भएकाले हस्ताक्षर गर्न नमानेको समितिका सदस्य एवं नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले जानकारी दिए।

समितिले लिखितरूपमा तयार पारेको बयानको प्रति उनलाई हस्ताक्षरका लागि एक हप्ता अगाडि नै उपलव्ध गराएको थियो ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.