www.tandavnews.com
Fact ~ In search of truth

अबको यात्रा आर्थिक समृद्धि : प्रदेश प्रमुख गुरुङ

पाेखरा।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको अबको यात्रा आर्थिक समृद्धिको भएको बताएका छन्।

संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मूल समारोह समितिद्वारा आज पोखरामा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख गुरुङले बलिदानीपूर्ण सङ्घर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउने गरी अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताए।

वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रिकृत राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै उहाँले विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा यसले जोडेको बताए।

Batas

जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आम नागरिकको पहुँचमा पुग्नेगरी वितरण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.