www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा अवैध हातहतियारसहित तीन पक्राउ

गोरखा।
गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय जौवारीको टोलीले तीनैजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सीताबहादुरको घरबाट एकनाले सर्ट गनसहित त्यसमा प्रयोग हुने गोली २४ थान र ३४ थान गोलीको खोका बरामद भएको लामिछानेले बताए । अन्य दुई जना माइला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट बन्दुकसहित पक्राउ परेका हुन् ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.