www.tandavnews.com
Fact ~ In search of truth

कार्यदलले बुझायो प्रदेशसभा सिट बाँडफाँडको प्रस्ताव : टुङ्गो लगाउने जिम्मा शीर्ष नेतालाई

काठमाडौं ।
सत्तारुढ दलहरुबीच आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडलाई अन्तिम टुङ्गोमा पु¥याउन शीर्ष नेतासहितको कार्यदल बैठक आज पनि जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको शीर्ष नेतासहितको बैठकमा कार्यदलले प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडको प्रस्ताव शीर्ष नेतासमक्ष प्रस्तुत गरेको कार्यदलका सचिव केशवराज जोशीले जानकारी दिए।

कार्यदलका सचिव जोशीका अनुसार प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको प्रस्ताव कार्यदलले यसअघि नै शीर्ष नेतासमक्ष प्रस्तुत गरिसकेको छ ।

Batas

कार्यदलले प्रस्तुत गरेको प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडको प्रस्तावलाई शीर्ष नेताहरूले अन्तिम टुङ्गो लगाउने गरी छलफल जारी छ । रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.