www.tandavnews.com
Fact ~ In search of truth

मोदीको स्वागतमा जनसागर जनकपुरतर्फ

गौशाला

नेपाल भ्रमणको सिलसिलामा जनकपुरधाममा आज आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि महोत्तरी जिल्लाबाट जनसागर जनकपुरतर्फ उर्लिएको छ ।

मोदीको स्वागतका लागि महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानिय तहबाट हजारौँको संख्यामा नेपाली जनता जनकपुरधामतिर लागेका छन् । महोत्तरीको प्रत्येक स्थानीय तहबाट ८÷१० वटा बस, दर्जनभन्दा बढी जीप, कार र सयौँ मोटरसाइकल जनकपुरतर्फ प्रस्थान गरेका छन् ।

Batas

दुई दिनअघि प्रदेश नं २ का गृहमन्त्री ज्ञानेन्द्रकुमार यादवले मोदीको स्वागतका लागि महोत्तरीका प्रत्येक पालिका प्रमुखलाई अनिवार्य उपस्थित हुन र जनसागर ल्याउन निर्देशन दिएअनुसार नै महोत्तरीबाट हजाराँैको संख्यामा मानिसहरु आज एकाबिहानै जनकपुरधामतर्फ लागेका छन् ।

आज बिहानैदेखि महोत्तरीका प्रत्येक सडकखण्डमा जनकपुर जाने सवारीसाधन र व्यक्तिको ठूलो भीड लागेको छ ।

 

(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.