www.tandavnews.com
Fact ~ In search of truth

उम्मेदवारी मनोनयनको तयारीमा दल

गण्डकी ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनको आज हुने उम्मेदवार मनोनयन दर्ताका लागि दलहरू अन्तिम तयारीमा जुटेका छन् ।

कास्कीमा क्रियाशील राजनीतिक दलमध्ये गठबन्धनका दल, नेकपा (एमाले) तथा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरू पनि उम्मेदवारी दर्ताको तयारीमा लागेका हुन् ।

Batas

उम्मेदवारी मनोनयनको तयारी सम्बन्धमा कास्कीका गठबन्धनका दलहरूको बैठक नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसिरहेको कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिनुभयो । एमालेका तर्फबाट कास्कीका तीनवटै क्षेत्रमा दिउँसो १ बजे आसपासको समयमा मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको तालिकाअनुसार दिउँसो १० देखि ५ बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम छ ।

यसअघि उम्मेदवारी मनोनयनलाई लक्षित गरी प्रदेश निर्वाचन कार्यालय पोखराले शनिबार जिल्लामा क्रियाशील राजनीतिक दलसहितको सर्वपक्षीय बैठक गरेको थियो ।

कास्कीमा क्षेत्र नं १ को पशु सेवा निर्देशनालय परिसर हस्पिटल चोक, क्षेत्र नं २ को पोखरा सभागृह परिसर, सभागृहचोक र क्षेत्र नं ३ को जिल्ला समन्वय समितिको कार्यालयमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता हुने जनाइएको छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.