www.tandavnews.com
Fact ~ In search of truth

साताको सेयर बजारः ३८ अर्बको कारोबार

काठमाडौँ

धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा २ हजार ८ सयको विन्दुमा झरेको छ । झन्डै ३ हजार ३ सयको विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो ।

यस साता कारोबार भएका ५ दिनमध्ये २ दिन नेप्से परिसूचकमा सुधार भयो भने ३ दिन ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल २ सय ३१ कम्पनीको ७ करोड ४ लाख ४७ हजार ७ सय १७ कित्ता सेयर रु ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७ सय १५ मूल्यमा खरिद–बिक्री भए । बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर तथा तरलताको अभावका कारण पनि बजारमा प्रभाव परेको छ । आइतबार साताकै सबैभन्दा धेरै कारोबार भएको थियो । ३ दिन रु ९ अर्बको कारोबार भए पनि २ दिन रु ५ अर्बमा सीमित भयो ।

Batas

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भयो । त्यस दिन नेप्से ७१.४३ अंकले बढेर २ हजार ९४७.४२ मा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ विन्दुले बढेर ५४८.२९ मा पुग्यो । कुल २ सय ३१ कम्पनीको १ करोड ७१ लाख ३ सय ३३ कित्ता सेयर रु ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ०.०५ विन्दुले ओरालो लाग्यो भने १२ उपसमूहको सेयर उकालो लागेको थियो । त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ७३ करोड ७७ लाख ८ हजार ६ सय ८५ बराबरको खरिद बिक्री भयो । आइतबार विभिन्न ९ कम्पनीका सेयरमा सर्किट लाग्यो ।

साताको दोस्रो दिन नेप्सेमा झिनो अंकको वृद्धि भयो । त्यस दिन नेप्से परिसूचक ०.२७ विन्दुले उकालो लागेर २ हजार ९४७.६९ मा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ विन्दुले बढेर ५४८.८७ मा पुग्यो । कुल २ सय २६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता सेयर रु ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुग्यो ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये ७ उपसमूहको सेयर उकालो लाग्दा ६ उपसमूहको सेयर ओरालो लाग्यो । त्यस दिन पनि कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु ६१ करोड ९३ लाख ५० हजार ७ सय ९३ बराबरको सेयर खरिद बिक्री भयो । त्यस दिन नेप्सेमा अजोड इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्सुरेन्सको सेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साताको तेस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट देखियो । नेप्से परिसूचक १८.५४ विन्दुले ओरालो लागेर २ हजार ९२९.२८ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ विन्दुले ओरालो लागेर ५४५.६६ मा पुग्यो । नेप्सेसँगै कारोबार रकमसमेत घट्न पुग्यो । कुल २ सय २२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर रु ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ मूल्यमा खरिद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको थियो ।

त्यस दिन कारोबार भएका १३ वटै उपसमूहको सेयरसमेत ओरालो लाग्यो । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु २७ करोड ३ लाख ७० हजार ५ सय २४ बराबरको सेयर खरिद बिक्री भयो । साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अंकको गिरावट देखियो । त्यस दिन नेप्से ४०.२६ अंकले घटेर २ हजार ८८९.०३ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा सीमित भयो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु ५ अर्बमा सीमित भयो । कुल २ सय२२ कम्पनीको १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता सेयर रु ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ मूल्यमा खरिद बिक्री भए ।

बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहन पुग्यो । कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लाग्न पुग्यो । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा पहिरो लाग्यो तर कारोबार ९ अर्बमाथि रह्यो । त्यस दिन नेप्से परिसूचक ७६.६५ विन्दुले ओरालो लागेर २ हजार ८१२.३८ मा ओर्लियो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७३ अंकले घटेर ५२५.७८ मा सीमित भयो ।

कुल २ सय २९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर रु ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ मा कारोबार भयो । कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्य ओरालो लागे ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.