www.tandavnews.com
Fact ~ In search of truth

कोपिला नेपालले रक्षाबन्धन मनाउने

पोखरा
ताण्डव न्यूज ।

विभिन्न कारणवंश कष्टपूर्ण जीवन जिउन बाध्य महिला तथा बालबालिकालाई लक्षित गरेर कोपिला नेपालले जनैपूर्णिमा (रक्षाबन्धन) मनाउने भएको छ ।

मनोसामाजिक तथा महिला सशक्तिकरण, सुरक्षा वातावरणिय संरक्षणमा टेवा पु¥याउने साथै कमजोर स्थितिलाई उजागर गर्ने उद्देश्यले कोपिला नेपालले कार्यक्रमको आयोजना गरेको संस्थाका संयोजक तिर्थबहादुर थापाले जानकारी दिए ।

Batas

यहीँ भदौ १० गते आइतबार पुर्वाह्न ११ बजे कोपिला नेपालको प्राङ्गणमा साङ्केतिक रुपमा कार्यक्रम मनाउन लागेको थापाले बताए ।

कठिन परिस्थितीमा रहेका दिदीबहिनी तथा महिला बालबालिकाहरुको मनोबल बढाउन मद्दत पुग्ने संस्थाका कार्यकारी निर्देशक बिना सिलवालले बताइन् ।

समाजमा एकअर्काे प्रति संरक्षण र सुरक्षाको प्रत्याभूति दिलाउनका निम्ति सहज वातावरण सृजना हुनेमा आफूलाई विश्वास रहेको उनको भनाई थियो ।

बुलौदी–६ का बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकबाट रक्षा बन्धन ग्रहण गर्ने कार्यक्रममा सहभागिता र एकबद्धता हुनका लागि कोपिला नेपालले सम्पूर्णलाई आह्वान गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.