www.tandavnews.com
Fact ~ In search of truth

सत्ता गठबन्धनको समर्थनमा वामपन्थी नेता भुसालले रुपन्देही–१ मा उम्मेदवारी दिँदै

रुपन्देही।

एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । शनिबार एमाले छाडेका वामपन्थी नेता भुसालले आज रुपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिन लागेको बताए।

उनले आफूलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको उल्लेख गरे। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीबाट उठ्न आग्रह गरेको बताउँदै उनले अहिले कुनै पार्टीमा नजाने स्पष्ट पारे। नेता भुसालले सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारका रुपमा आज उम्मेदवारी दर्ता गर्ने बताए।
रासस
–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.