www.tandavnews.com
Fact ~ In search of truth

बजेटमा बदख्वाइँ : आर्थिक वर्ष सकिन १४ दिन बाँकी रहँदा १६ करोड रुपैयाँ रकमान्तर

पोखरा/ताण्डव न्यूज

चालु आर्थिक वर्ष सकिन १४ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा १६ करोड रुपैयाँ रकमान्तर गरिएको छ । यस आर्थिक वर्षमा सम्पन्न योजनाका भुक्तानी गर्नुपर्ने बेलामा प्रदेश सरकारले १३० नयाँ योजनाका लागि भन्दै १६ करोड रुपैयाँ विनियोजन गरेको हो ।

अर्थ मन्त्रालय सम्हालिरहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ती नयाँ योजना र बजेटसम्बन्धी निर्णय गरेका थिए ।

Batas

सत्ता गठबन्धनका साझेदार दल, तिनका सांसद अनि आफ्ना र उनीहरुको कार्यकर्ता खुसी पार्ने गरी मुख्यमन्त्रीले नयाँ योजना थपेर बजेट व्यवस्था गरेको स्रोतले बताएको छ । मुख्यमन्त्री पोखरेलले दिएका १३० योजनाका सूचीमध्ये ८३ आयोजना भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका छन् । ती सबै योजना चालु आर्थिक वर्षको बजेटको रातो किताबमा समावेश छैनन् । यसरी आर्थिक वर्ष सकिनै लाग्दा मुख्यमन्त्री पोखरेलले ठूलो बजेट रकमान्तर गरेका हुन् । प्रदेशको आर्थिक कार्यविधि ऐनले रातो किताब बाहिरका योजनामा रकामान्तर गर्न नमिल्ने व्यवस्था गरेको छ । रकमान्तर गर्नै परे एउटा योजनाको २५ प्रतिशतसम्म मात्र रकामान्तर गर्न सकिने व्यवस्था छ ।

काम सकिएका आयोजनाको भुक्तानीकै प्रक्रिया टुङ्ग्याउन भ्याइनभ्याइ भएका बेला गर्नै नसकिने गरी योजना पठाइएको हाे ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयले चालु आर्थिक वर्षको भुक्तानी गर्न २५ गतेको समय सीमा दिएकाले १० दिनमा काम थालेर सक्न नसकिने बताएकाे छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.