www.tandavnews.com
Fact ~ In search of truth

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा मधेस प्रदेश र आर्मी भिड्दै

तनहुँ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा मधेस प्रदेश र नेपाल आर्मीबीच उद्घाटन खेल हुने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

उद्घाटन खेल अपराह्न ४ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए। बिहान ११ बजे दमौलीबाट विभिन्न जातजातिको झाँकीसहित विद्यालय प्राङ्गणमा ¥याली निकालिएको छ ।

प्रतियोगितका लागि फुलकोर्ट (पाँच खेलाडी) र थ्री वाइ थ्री (तीन खेलाडी)का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह ‘बी’मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ रहेका छन् ।

Batas

तीन खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह ‘बी’ मा प्रदेश नं १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । शनिबारबाट दैनिक छवटा खेल सञ्चालन गर्ने तयारी छ । फुलकोटतर्फ दैनिक दुई र थ्री वाई थ्रीतर्फ दैनिक चार खेल सञ्चालन गरिने श्रेष्ठले बताए।

आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलका लागि खेलाडी, अफिसियलसहित एक सय ५६ जना सहभागी हुँदैछन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.