www.tandavnews.com
Fact ~ In search of truth

‘निर्वाचनमा सक्रिय सहभागिता आवश्यक’

पाेखरा।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकतन्त्रलाई सुदृढ गर्न आउँदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। नेपाली जनताले राजतन्त्र फालेर सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेकाले लोकतन्त्र जीवन्त राख्न आम नेपालीले निर्वाचनमा सक्रिय सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

धार्मिकरुपमा प्रसिद्ध विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा शनिवार मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख गुरुङले कुनै पनि प्रलोभन, लोभ लालच, डर, धाक र धम्कीमा नपरी आफ्नै विवेक प्रयोग गरी मतदान गर्न आग्रह गरे। “लोकतन्त्रमा जनतानै शक्तिशाली हुन्छन, निर्वाचनमा प्रत्येक भोटको उत्तिकै महत्व हुन्छ, जितेर गएका नेताले पनि जनताकै सेवा गर्नुपर्ने हुन्छ, त्यसैले लोकतन्त्रलाई बचाउन सबै नेपाली लागौँ”, प्रदेश प्रमुख गुरुङले भने।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.